दुताबासको स्वागत कार्यक्रम सम्पन्न

Published On: Thursday, March 2, 2017 | Source: NRNA SPAIN

​गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले स्पेनमा नेपाली दुताबास खोल्नको लागी नेपाल सरकारले गरेको निर्णयको स्वागत गर्दै खुशियाली साटासाट तथा यस निर्णयको कार्वान्वयन छिटो भन्दा छिटो कसरी गर्न सकिन्छ भन्ने उदेश्यका साथ स्पेन स्थित सम्पूर्ण राजनैतिक, जातीय, क्षेत्रीय संघ संस्था, ब्यापारी, बुद्दिजिबि, पत्रकार, बिद्यार्थी तथा आम जनसमुदाय बीच छलफल कार्यक्रम सम्पन्न गरियो ।

          उपस्थित सम्पूर्ण संघ संस्थाका प्रतिनिधि तथा प्रमुख हरुले नेपाल सरकारले गरेको यस निर्णयको स्वागत गर्दै स्पेनबासी नेपाली हरुको बर्सौं देखीको समस्या समाधान उन्मुख रहेको कारण यहाँ रहेका नेपालिहरुले दुताबासको समस्या लिएर आब पेरिस धाउन नपर्ने, हाम्रा समस्या हरुको छिटै सुनुवाई हुने, यहाँ बाट अब नेपालमा पर्यटन प्रबर्दन गर्न अझ सजिलो हुने र धेरै भन्दा धेरै पर्यटक नेपालमा भित्र्याउन सफल भइनेमा नेपालि जनसमुदाय र नेपाल सरकालाई बिश्वस्त पार्न सकिने जस्ता कुराहरु साथै युरोप लगायत अन्य केहि देशहरुमा नेपाली दुताबासले काम नपाएर बन्द गर्ने अवस्थामा पुगेका जस्ता समस्या हरु स्पेनमा नआउने जस्ता कुरामा सबै वक्ताहरुले जानकारी गराउनु भयो ।
​कार्यक्रम चल्दै गर्दा माननीय परराष्ट्र मन्त्री श्री प्रकाश शरण महत ज्युले स्पेनबासीको समस्याको समाधानमा आफु लगायत सरकार सधै लागी परिरहेको र सरकारको यस निर्णयले स्पेनबासी नेपालीको सबै समस्या समाधान नभएपनी दुताबासको संचालन कोशेढुंगा साबित हुने र संचालन पश्चात यस मार्फत स्पेनिस सरकार र यसका मातहतका निकाय संग कुटनीतिक सम्बन्ध मार्फत नेपालमा पनि अधिकार सम्पन्न स्पेनिस कन्सुलर अथवा दुताबास स्थापना गर्न सजिलो हुन जानेकुरा सम्पूर्ण स्पेनबासी नेपालि दाजु भाइ तथा दिदि बहिनि हरुलाई फोन मार्फत जानकारी गराउदै शुभकामना ब्यक्त गर्नुभयो ।
​कार्यक्रममा नेपाली जन सम्पर्क समिति, प्रबाशी नेपाली मंच, नेपाली जन प्रगतिशील मंच, तमु समाज, लगायत संघका पदेन तथा आमन्त्रित संघ संस्थाका साथै  विभिन्न जातीय तथा क्षेत्रीय समितिका प्रतिनिधि तथा प्रमुखहरु अनि यहाँ स्थित पत्रकारहरु र  नेपाल टेलिभिजनका यूरोप सम्बाददाता मधु क्षेत्री ले खुशियाली साटासाट गर्दै शुभकामना ब्यक्त गर्नु भएको थियो भने पर्यटन दुतहरु चिन्तामणी सापकोटा, दिपक खरेलले  मन्तब्य दिनु भएको उक्त कार्यक्रममा प्रमुख अतिथी एन आर एन ए आइ सी सी सदस्य श्री एकराज गिरी तथा एन आर एन ए स्पेनका अध्यक्ष श्री मुक्त बहादुर गुरुङ ज्युले दुताबासका बिषयमा प्रकास पार्दै अबको स्पेनबासी नेपाली संगठन हरुको एजेन्डा भनेको नेपालमा स्पेनिस राजदुताबासको स्थापना रहने र यहाका सम्पूर्ण संघ संगठ हरु यस अभियानमा पनि एकताबद्द रहने कुराको जानकारी गराउनु भयो । उपस्थित सबैलाई खाजा पानि समेत वितरण गरिएको यस कार्यक्रममा खाजा सौजन्य प्रमुख अतिथि श्री एकराज गिरि ज्युले गर्नुभएको उक्त कार्यक्रम संघका महासचिब उमेश प्रसाद अधिकारीले संचालन गर्नुभएको थियो ।

उमेश प्रसाद अधिकारी

महासचिब

एन आर एन ए एन सी सी स्पेन

*(फोटो सामाजिक संजाल मार्फत प्राप्त गरिएको )