"धन्यवाद नेपाल सरकार"

Published On: Source: NRNA SPAIN

हामी स्पेनबाशी नेपालीहरू आज धेरै ख़ुशी छौ । सम्पूर्ण स्पेनबाशी नेपाली हरूमा हार्दिक बधाई तथा शुभकामना । हाम्रो निरन्तर प्रयास आज आएर सफल भएको छ । स्पेनबाशी नेपालीहरूले पटक पटक नेपाल सरकार र नेपालका प्रमुख राजनैतिक दलहरूलाई स्पेनमा नेपाली दुताबास स्थापनाका लागी गरेको माग र निरन्तर प्रयासको परिणाम स्वरुप आज स्पेनमा दूताबास ल्याऊन हामी सफल भएका छौ । स्पेनमा दुताबास ल्याऊन आ -आफ्नो तर्फ बाट पहल गर्नु हुने स्पेन स्थित सम्पूर्ण संघ- संस्थाहरू र स्पेनबाशी नेपालीहरू लाई धेरै धेरै धन्यबाद ब्यक्त गर्दछौ।स्पेनमा राजदुताबास निर्माण गर्ने निर्णय गर्दै स्पेनबाशी नेपालीहरूको दु:ख लाई आत्मसाथ गर्नु भएकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), प्रथम र प्रमुख भूमिका निर्वाह गर्ने नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा नेपाल सरकारका भूतपूर्व उप-प्रधानमन्त्री तथा प्ररराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश),निणायार्थ भूमिका निभाउने र वचन पूरा गर्ने नेपाल सरकारका प्ररराष्ट्रमन्त्री प्रकाशसरण महत,महत्वपूर्ण भूमिका निभाउनुहुने नेकपा माओवादी केन्द्रका नेता तथा नेपाल सरकारका अर्थमन्त्री कृष्ण बहादुर महरा ,प्रधानमन्त्री सचिबालय टिम लगाएत सबैमा हार्दिक आभार प्रकट गर्दछौ साथै स्पेनबाशी नेपालीहरूको काधमा काध मिलाउदै यो अभियानमा साथ दिनुहुने संयुक्त नेपाली मोर्चा यूरोप, गैरआबाशीय नेपाली संघ अन्तराष्ट्रीय संमन्वय परिषद, अविरल रूपमा दुताबासको मागलाई बुलन्दीत गर्ने पत्रकार साथीहरू प्रति हार्दिक आभार प्रकट गर्दछौ। 
हाम्रो प्रयासले नेपालको कुटनितिक निकायलाई स्पेन सम्म ल्याउन सकियो भने हाम्रो यो प्रयासलाई अझै दुरगामी र प्रगाढ बनाउन स्पेनको कुटनितिक निकायलाई नेपालमा स्थापित गराउन अपरिहार्य छ। नेपालमा स्पेनिस दुताबास निर्माणको लागी अथक प्रयास गरि नेपाल र स्पेनको द्धिपक्षिय मैत्रीपूर्ण, आथिर्क, सामाजिक, सांस्कृतिक,राजनैतिक र ब्यपारीक सम्बन्ध र सहजता नै सारगर्भित आवश्यकता हुन् र यसको लागी अझै दिगो पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्दै आगामी दिनहरूमा पनि यहाँहरूको सहयोगको अपेक्षा गर्दछौ। 
अभिवादन। 
गंगा प्रसाद भुसाल 
अध्यक्ष तथा
नेपाली जनप्रगतिशील मञ्च, स्पेन परिबार